२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मानव बेचविखन र वेश्यावृत्तिमा लगाएको आरोपमा युट्युबर पोखरेल पक्राउ

काठमाडौं । नाबालिकाहरुलाई मानव बेचविखन गरेको आरोपमा युट्युबर कुशल पोखरेल पक्राउ परेका छन् । काभ्रे चौरीदेउराली गाउँपालिका वडा नं. १ घर भइ काठमाडौंस्थित बत्तिसपुतली बस्ने पोखरेललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले मंगलबार पक्राउ गरेको हो ।

पाखरेल स्वयमले पीडितहरुलाई पटक–पटक यौन शोषण गर्नुका साथै गेष्टहाउसमा आएका व्यक्तिहरुसँग प्रतिव्यक्ति एक हजारदेखि पाँच हजारसम्म लिइ बालिकाहरुलाई शारिरीक सम्पर्क राख्न लगाइ वेश्यावृत्तिमा लगाएको खुल्न आएको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ मनोहरा जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा आर्थिक अवस्था नाजुक भएका बालिकाहरुलाई राम्रो आम्दानी हुने वेटरको काममा लगाइदिने भनि प्रलोभन देखाइ आएका ग्राहकहरुसँग बसेर खान लगाइ धेरै बिल उठाउने काममा लगाएको अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस