२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सौर्यको जहाज दुर्घटनाबारे छानबिन समिति गठन गर्ने मन्त्रिपरिषदको निर्णय, भोलि शोक

काठमाडौं, साउन ९ । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

रतिश चन्द्रलाल सुमन कर्णको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन्। समितिले ४५ दिनमा प्रतिवेदन बुझाउन पर्नेछ। यस्तै, सरकारले भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस