२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताप्लेजुङ । ताप्लेजुङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ।ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको खेजेनिम आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले गएराति ताप्लेजुङ केन्द्रबिन्दु भएर गएको भूकम्प सामान्य खालको भएको बताए।भूकम्पको धक्का ताप्लेजुङसँगै आसपासका अन्य जिल्लामा पनि महसुस गरिएको थियो। गएको असार २६ गते पनि फक्ताङलुङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

२०६८ साल असोज १ गते साँझ फक्ताङलुङ नै केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यो भूकम्पमा परेर १ सय ११ को मृत्यु भएको थियो भने २ सयभन्दा धेरै घाइते भएका थिए।धेरै भौतिक संरचना भूकम्पले लडाएको थियो। गएराति भूकम्प जाँदा स्थानीय त्रसित भएर घर बाहिर निस्किएका थिए।

 

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस