२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

अमेरिकामा वलीको गोली हानेर हत्या, सपनाको सहर पुगेको केही बर्षमै उजाडियो जीवन

टेक्सस । अमेरिकी सहर टेक्ससमा नेपाल रुकुमको बाँकेकोट–१० घर भएका दीपक वलीको लुटेराको समूहले गोली हानेर हत्या गरेको छ।

३० वर्षीय वली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत हुनुहुन्थ्यो । लुटेराहरूले ग्याँस स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेको र उहाँको घटना स्थलमै मृत्यु भएको मृतकका आफन्त मोहन कुसारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस