काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने उक्त सुनको मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँ रहेको थियो ।
यता, चाँदी तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार

