काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको वरियता हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्मा वरियता हेरफेर गर्नुभएको हो ।
उपप्रधानमन्त्री र अन्यमन्त्रीहरुको स्थान यथावत रहेपनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीको वरीयाता भने हेरफेर भएको छ । कांग्रेस सहमहामन्त्रीसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४औं स्थानमा बढुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल १६औं स्थानमा घटुवा हुन पुग्नुभएको छ ।
विमान र हेलिकोप्टर दुर्घटना भएका बेला मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने विषय उठिरहेका बेला नागरिक उड्डयन मन्त्रीको वरियता बढुवा भएको छ ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार

