२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आज यी दुई प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं। कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ। कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन्।

कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसैगरी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ।

 

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस