२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कुलमान घिसिङले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी, पूर्वडीआईजी खरेलले दिए प्रमाण

Fact check Kulman was fine yesterday causing losses of billions to Nepal and Nepali after joining one of the parties

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको छ । ‘एन्टिकरप्सन नेटवर्क’ को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको खरेलले जानकारी दिनुभयो । उहाँले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पीपीए गरेको उल्लेख गर्नुभएको छ ।

ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उहाँले उजुरीमा उल्लेख गर्नुभएको छ । घिसिङले प्राधिकरणको प्रबन्ध निर्देशक भएर राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी जलविद्युत कम्पनीसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेको दाबी गर्दै खरेलले उहाँविरुद्द भ्रष्टाचारको उजुरी दिनुभएको हो । घिसिङले ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानून मिचिएको र त्यसले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको दाबी खरेलको छ ।

खरेलका अनुसार विद्युत नियमन आयोगमा निश्चित शुल्क बुझाएर पीपीएको अनुमति लिनुपर्नेमा घिसिङले नियमन आयोगको स्वीकृति नलिई पीपीए गरेर राज्यलाई घाटा लगाउनुभएको छ । घिसिङले प्राधिकरणलाई नक्कली नाफामा देखाएको दाबी पनि खरेलले उजुरीमा गर्नुभएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस