२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

जनार्दनसँग खुमलटार वार्तापछि प्रचण्डको विश्वास, पार्टी नफुट्ने सुनिश्चित भइसक्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मासँग भेट गर्नुभएको छ । शर्माले पार्टी बैठकमा अध्यक्षको विकल्प खोज्नुपर्ने सहितको लिखित असहमति पार्टी बैठकमा राखेपछि माओवादीमा वृत्त तरंगित थियो। तर, शर्माले खुमलटारबाटै आफूले पार्टी फुटाएर एमालेमा जाँदैछ भनेर हल्ला चलाइएको भन्दै चर्को असन्तुष्टि जनाउनुभएको थियो ।

तर, स्थायी कमिटीको बैठक सकिएसँगै पार्टी नफुट्ने सुनिश्चित भएको प्रचण्डले बताउनुभयो । पोस्ट बहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आज बिहानपछि खुमलटारमा उपमहासचिव शर्मासँग छलफल भएको बताउँदै पार्टी फुट्दैछ भन्ने भ्रम नपाल्न नेता कार्यकर्तालाई अपिल गर्नुभयो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस