२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

पूर्वशिक्षामन्त्री सुमनालाई प्रधानमन्त्रीको फेरि ब्यांग्य, शिक्षकलाई घुँडा टेकाएर गर्व गर्नेहरू धेरै टिकेनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै फेरि ब्यांग्य गर्नुभएको छ । एमाले समर्थित नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दा ८२५ जना शिक्षकलाई घुँडा टेकाएँ, राजीनामा गराएँ, झुकाएँ, राजनीतिबाट अलग गराएँ भन्ने जस्ता कुराहरु गरे । शिक्षकले आफ्नो कर्तव्य पालनको कुरामा कमी ल्याए त्यस विषयमा प्रश्न उठ्नु स्वाभाविक हो । तर घुँडा टेकाएँ भन्नेहरु धेरै टिकेनन् ।’

उहाँले थप्नुभयो, ‘तर शिक्षकहरुलाई निष्कासन गरें भनेर गर्व गर्ने, नेपाल राष्ट्रिय शिक्षक संगठनलाई ताकेरै लखेट्ने प्रयास भए । त्यस्ता प्रयासहरु लामो समय टिक्दैन । शिक्षक सरकारका शत्रु होइनन्, सरकारले शिक्षकमाथि जाइलाग्नुपर्ने कुनै कारण छैन । सरकारले शिक्षकहरुमाथि दमन गर्न मिल्दैन ।’

 

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस