२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

शुष्मालाई नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएर जिप तल पुर्याएयो, किच्याएर त्यही मृत्यु

Jeep Accident

रुपन्देही । बुटवलको बेलबासमा तीन सवारी साधन एक आपसमा ठोक्किँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बँदेलपोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ती युवतीको मृत्यु भएको हो।

प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देवीनगर बस्दै आएकी २७ वर्षीय शुष्मा श्रेष्ठको सो घटनामा मृत्यु भएको जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दीपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउँदै गर्नुभएकी श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट हुत्तिएर उहाँ बलेरो जिपमा ठोक्किन पुग्नुभएको थियो ।

तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्बरको बलेरो जिपको मुनी पुग्नुभयो । उहाँको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस