२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

औषधी उद्योगमा विस्फोट, १७ जनाको मृत्यु

Explosion in pharmaceutical industry, 17 dead

काठमाडौं । एक औषधी उद्योगमा विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। भारतको आन्ध्र प्रदेशमा पर्ने अनाकापल्ली जिल्लाको एसईजेडस्थित एसिएन्टिया एडभान्स साइन्स प्राइभेट लिमिटेड नामको उद्योगमा बुधबार रिएक्टर विस्फोट भएको थियो। यो विस्फोटले उद्योगको एउटा तला भत्किएको थियो भने कामदार विस्फोटपछिको आगोको लप्कामा परेका थिए।

आगलागीमा गम्भीर घाइते भएका ३६ जनालाई अस्पताल भर्ना गरिएको छ । ३८१ कामदारले दुई सिफ्टमा काम गर्दै आएको यस उद्योगमा विस्फोटको समयमा धेरैजसो व्यक्ति खाजा खान बाहिर निस्किएकाले मानवीय क्षति कम भएको अधिकारीहरुले जनाएका छन्। उद्योगभित्रै रहेका कर्मचारीमध्ये अधिकांश आगलागीमा परेको समाचार एजेन्सीले जनाएका छन्।

 

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस