२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

नेकपा एसको मतगणनास्थलमा विवाद, होहल्लापछि ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी मतगणनामा विवाद भएको छ। तीन जना केन्द्रीय सदस्यलाई मतगणना स्थलमा लगेपछि विवाद भएको हो। नेताहरूले मतगणना स्थलमा होहल्ला गरेका छन्।

विवाद भएपछि महासचिव घनश्याम भुसालले सबैलाई बाहिर पठाएर हल खाली गराउनुभएको छ । पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न भएको मतदानमा ३४४ केन्द्रीय सदस्य रहेको नेकपा एसमा ३२२ मत मात्रै खसेको छ।

डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न आज मतदान भएको थियो। मतदान सकिएपछि अहिले पदाधिकारीको मतगणना चलिरहेको छ। मतगणना स्थलमा विवाद भएपछि अहिले थप प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ।

 

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस