२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

प्रधानमन्त्रीलाई भेटेर रविले भने, उपसभामुखलाई हटाउँदै हुनुहुन्छ भने तपाईँहरूलाई घातक हुनसक्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपसभामुख इन्दिरा रानाको विषयमा भेटेर छलफल गरेको बताएका छन्। हिजो साँझ लामिछाने प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए। त्यसबारे सचिवालय बैठकपछि बाहिरिने क्रममा उनले भने,‘यो विषयमा धेरै आएपछि वास्तविकता के हो ? जान्न जरुरी थियो।

मैले के सोचिरहनुभएको छ भनेर सोधे। उहाँलाई मैले यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ। दुई तिहाइ सरकारको प्राथमिकता धेरै छन्। यो सोचिरहनुभएको छ भने त्यो घातक हुन्छ भनेको छु।’

उनले प्रधानमन्त्रीले आफू कांग्रेससँग छलफलमा रहेको बताएको जवाफ दिएको सुनाए।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस