२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

वायु सेवा निगमको वाइडबडी काठमाडौं आइपुग्यो, जापान उडानलाई निरन्तरता दिने तयारी

Bayu Seva Nigam's widebody has arrived in Kathmandu, preparing to continue the flight to Japan

२७ भदौ, काठमाडौं । २२ जुनमा सीचेक (हवाईजहाजको प्राविधिक जाँच) का लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई आज काठमाडौंमा अवतरण गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बिहान ८ः३६ मा काठमाडौं अवतरण गरेको हो । निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् ।

यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् । अगस्ट २९ बाट जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन । निगमको अर्को वाइडबडी जहाज के.एल.वाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार वटा जहाज छन् ।

 

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस