२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पत्रकार महासंघको निर्वाचन असोज १२ गते हुने

काठमाडौं, भदौ २८ गते। नेपाल पत्रकार महासंघको निर्वाचन मिति असोज १२ गते सरेको छ। महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टका अनुसार पछिल्लो समय असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोखरेलले विभिन्न कारण देखाउँदै राजीनामा दिएपछि असहज परिस्थिती उत्पन्न भएको छ। जसकारण, घोषणा भएको मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिती सिर्जना भएको हो।

उनका अनुसार अध्यक्ष पोखरेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षसँगको सहमतिमा तयार भएको मतदाता सूची बिहीबार निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छ। विज्ञप्तिमा लेखिएको छ, ‘महासंघको तर्फबाट मिति २०८१ असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्राचार गरिएको छ। मतदाता सूची मिति २०८१ भदौं २९ गते शनिबारका दिन सार्वज्निक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको जानकारी गराउँदछु। ’

 

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस