२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

आज सुनको मूल्य उच्च विन्दुमा

Gold Price Today Nepal

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेको छ। गत शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। सो दिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस