२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कस्मिरे पछ्यौरी ग्लोबल ट्रेन्डिङमा

Kasmire Pachhyauri in global trending

काठमाडौं । सात महिनाअघि रिलिज भएको कस्मिरे पछ्यौरी बोलको गीत यतिबेला ग्लोबल ट्रेन्डिङमा आएको छ। केही दिनअघि मात्र नेपालमा सरकारले औपचारिकरूपमै टिकटकको प्रतिबन्ध हटाएपछि थप लोकप्रिय बनेको कस्मिरे पछ्यौरीलाई विश्वका अधिकांश देशबाट हेरिएपछि ग्लोबल ट्रेन्डिङमा परेको हो। गीतको भ्युज २१ मिलियन पुगेको छ।

बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर रहेको कस्मिरे पछ्यौरी युट्युबको ग्लोबल ट्रेन्डिङमा उकालो लाग्ने क्रम जारी छ। यो आइतबार ९४ स्थानमा रहेको छ।

केही महिना अघिदेखि यस गीतका विभिन्न टुक्कामा मसामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा टिकटकमा रिल्स बनाउनेको संख्या बाक्लो थियो। नेपालमा भने फिल्म खुस्माको रुकुम मैकोट पहिलो स्थानमा छ। तीन हप्ताअघि रिलिज गएिको यस गीतको भ्युज ७.९ रहेको छ। शान्तिश्री परियार र एसडी योगीको स्वर तथा संगीत रहेको गीतको भिडियोमा धीरज मगर र उपासना सिंह ठकुरीले अभिनय गरेका छन्।

गीतले फिल्मको कथावस्तुलाई प्रस्तुत गरेको छ। दोस्रो स्थानमा भने फिल्म १२ गाउँको गीत सिनेमा हेर्न जाऊँ रहेको छ। अर्जुन पोखरेलको संगीत रहेको गीतको भ्युज १.१ मिलियन रहेको छ। भिडियोमा समीर भट्ट र सोनु चन्द्रपालको अभिनय छ।

 

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस