२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा

A blessing given to a man when he wears the Tika of Dashain

काठमाडाैं । यस वर्ष (२०८१)को दशैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले शुक्रवार राति एक सूचना जारी गर्दै टीकाको साइतबारे जानकारी दिएको हो । टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको समितिले जनाएको छ । घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको पाइएको छ ।

 

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस