२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपाल इन्स्योरेन्सका डेपुटी सीईओ ईश्वर पोखरेलको कार्यकाल चार वर्ष थप

Ishwar Pokharel's tenure as Deputy CEO of Nepal Insurance has been extended by four years

काठमाडौं। नेपाल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) ईश्वर पोखरेलको कार्यकाल चार वर्षका लागि थप गरिएको छ । गत भदौ १६ देखि उनको कार्यकाल थप भएको हो । वित्तीय लगायत क्षेत्रमा ३० वर्षभन्दा लामो अवधिदेखि सक्रिय रहेका पोखरेलसँग बैंकिङ क्षेत्रको २२ वर्षको अनुभव छ ।

पोखरेलले साविक युनाइटेड इन्स्योरेन्समा महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष काम गरेको अनुभव छ । त्यस्तै, उनले नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायत बैंक तथा वित्तीय संस्थामा पनि काम गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस