२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

विपत्तिमा परेकाको उद्दार र राहतमा सरकारको तदारुकता, घाइतेको निःशुल्क उपचार हुने

These are the 17 decisions of the Cabinet meeting

काठमाडौं । सरकारले विपद्मा परेर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ। कार्यवाहक प्रधानमन्त्रीले राखेका आकस्मिक बैठकले घाइतको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने निर्णय भएको बताए। विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने बताए। मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने निर्णय भएको पनि बताए।

उनले, ‘उद्धारको लागि सरकारको सबै संयन्त्रले काम गरिरहेको छ। राहत र उद्धारको लागि लाग्न हामीले सम्बन्धित सबै मन्त्रालयलाई भनेका छौं। हामीले क्षतिको मूल्यांकन गरेका छौं। सरकारले क्षतिपूर्ति दिन्छ। समस्यामा रहेकाहरुलाई प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीलाई सम्पर्क गर्न आग्रह गरे।’

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस