२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पेश गर्न निर्वाचन आयोगको निर्देशन

१ कार्तिक , काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको आगामी उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिने दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको छ ।

आयोगले बिहीबार आगामी मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगको असोज ३० मा बसेको बैठकले उपनिर्वाचनमा रिक्त रहेका पदमा उम्मेदवारी दिने दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिने निर्णय गरेको प्रवक्तासमेत रहेका सहसचिव नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कार्तिक १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस