२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

Rabi Lamichhane Latest

४ कार्तिक , काठमाण्डौँ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस