२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मन्त्रिपरिषद् बैठक स्थगित, अध्यादेशमा जान नहुने देउवाको अडान

५ कार्तिक , काठमाडौँ । आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित गरिएको हो ।

‘मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे बोलाइएको थियो तर अहिले स्थगित भएको खबर आएको छ’, एक मन्त्रीले भने, ‘कारण खुलाइएको छैन ।’ आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेसले रिर्जर्भेसन राख्दै आएको थियो । आजको बैठक स्थगित हुनुमा पनि सोही कारण रहेको हुन सक्ने मन्त्रीले बताए ।

संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने तयारीमा थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा जान नहुने अडान राखेपछि ओलीको उक्त योजना तत्काललाई असफल भएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस