२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

साढे २० लाख भारुसहित दुई भारतीय पक्राउ

६ कार्तिक , कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित लिंक गेटमा सोमबार राति करिब साढे ९ बजेतिर स्रोत नखुलेको २० लाख ५० हजार भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपाल आएका यूपी ५५ ए ६६६३ नम्बरको भाडाको गाडी खानतलासी गर्दा महाराष्ट्रको राइगढ जिल्ला मुम्बईसिटी बस्ने ३३ वर्षका सलमान कुरेसियाको झोलाबाट ८ लाख र यूपी ४२ डिटी ५७२१ नम्बरको भाडाका गाडीमा आएका सोही ठाउँ बस्ने ३९ वर्षका उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

दुवै जनालाई नियन्त्रणमा लिई रकमसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस