२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ललितपुरमा कार्तिक ११ र १२ गते रात्रिकालीन बजार मेला हुने

ललितपुर। एकपछि अर्को मेला लगातार गर्दै आएको ललितपुर महानगरपालिका – १६ वडा कार्यालयले यही कार्तिक ११ र १२ गते रात्रिकालीन बजार मेला आयोजना गर्ने भएको छ।

महिलाद्वारा उत्पादित सामग्रीको बजार प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय धौगल, दौबहाल, भुल्खुमा सो मेला आयोजना गर्न लागिएको वडाका महिला सदस्य बबिता श्रेष्ठले पत्रकार भेटघाटमा जानकारी दिए।

कार्यपालिका सदस्य समेत रहेका श्रेष्ठले वडाले आयोजना गरिएको रात्रिकालीन बजार मेलाले रात्रिकालीन बजार मेलाको अवधारणालाई कार्यान्वयन र व्यापक गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे।

वडाको महिला कमिटीले यस अघि गत असार ११ र १२ गते नागबहालमा रात्रिकालीन बजार मेला आयोजना गरेको थियो। त्यसको अनुभवबाट सिक्दै अहिले मेला गर्न लागिएको पनि श्रेष्ठको भनाई रहेको छ । मेलामा महिलाद्वारा उत्पादित करिब ८० वडा स्टल रहने बताइएको छ। मेलामा वडाको कलाकार समितिद्वारा विविध सांस्कृतिक प्रस्तुत गरिने छ।

ललितपुरको पुरानो धपगाल बजार (सस्तो बजार) दिनप्रतिदिन सुक्दै गएको स्थितिलाई त्यस स्थानको चहलपहल बढाउन मेलाले टेवा पुर्‍याउने दाबी वडा कार्यालयको रहेको छ। सो अवसरमा वडाअध्यक्ष निर्मलरत्न शाक्यले रात्रिकालीन बजार मेलामा बेलाबखत चर्चा हुने गरेपनि त्यस दिशामा ठोस काम नभइरहेको स्थितिमा वडाले सो मेलाले गर्न लागिएको बताए।

मेला सरोकारवाला, सम्बद्ध पक्षलाई रात्रिकालीन बजार मेलाको लागि आवश्यक पूर्वाधार र तयारी गर्न प्रेरित गर्ने पनि वडाअध्यक्ष शाक्यको विश्वास रहेको छ। वडामा जनप्रतिनिधि बहालभएदेखि नै दशैं मेला, कला संस्कृति महोत्सव, बुबहाल मेला, युवा मेला गरी विभिन्न मेला गर्दै आएको छ। ती मेलाहरूले स्थानीयमा बजार प्रवर्द्धन चेतना जाग्रत गरेको पनि वडाअध्यक्ष शाक्यको कथन रहेको छ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस