२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

यी स्थानमा आज हल्का वर्षाको सम्भावना

Heavy rain in Chitwan

काठमाडौं, कात्तिक ११ । देशभर स्थानीय वायु, पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका अतिरिक्त भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आइतबार दिउँसो कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्ज/नचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस