२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

आजको मौसम: यी भूभागमा हल्का वर्षाको सम्भावना

weather forecast nepal today

काठमाडौं, कात्तिक १२ । देशभर पश्चिमी वायुको साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ।

सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस