२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने

१३ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ ।
अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोधविरुद्ध दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वृहत् प्रदर्शन गर्न लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस