२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रधानमन्त्री ओलीद्वारा नेपाल भाषा र संस्कृतिको महत्वमा जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषा, सभ्यता र संस्कृतिले देशको प्रतिष्ठा बढाउन ठूलो भूमिका खेलेको बताउनुभएको छ। नेपाल संवत् ११४५ का अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालका कला, मूर्तिकला, चित्रकला, नृत्यकला, र वाद्यवादनजस्ता विधाहरूले नेपालको विशेष पहिचान स्थापित गरेको उल्लेख गर्नुभयो।

उहाँले नेपाल संवत्लाई कार्यभाषाका रूपमा अघि बढाउने, शङ्खधर साख्वाका विषयमा अनुसन्धान गर्ने, र कक्षा ९ र १० मा नेपाल भाषालाई ऐच्छिक विषयका रूपमा समावेश गर्ने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अवसरमा सरकारले समारोहका लागि १५ लाख रुपैयाँ सहयोग गरेको जानकारी पनि दिनुभयो।

उहाँले नेवारी संस्कृतिलाई सिङ्गो देशको सांस्कृतिक पहिचान मान्नुपर्ने र यसलाई सरकारी मिडियामार्फत संरक्षण गर्न जारी राख्ने बताउनुभयो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाल संवत्लाई सबै समुदायको पर्वका रूपमा मनाउनुपर्ने धारणा राख्नुभयो।

प्रकाशित मिति : २०८१ कार्तिक १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस