२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

आज भाइटीका: मौसममा आंशिक बदली र वर्षा तथा हिमपातको सम्भावना

Today is the coldest of the year, Kathmandu is getting cold

काठमाडौं । आज भाइटीका पर्व देशभर उल्लासपूर्वक मनाइँदैछ। दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था, र दीर्घायुको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर यो पर्व मनाउने परम्परा रहेको छ। यसै अवसरमा परिवारजनबीच एकताको प्रतीक मानिएको यो पर्व मनाउनेहरूलाई मौसमको जानकारीसमेत महत्त्वपूर्ण छ।

मौसम पूर्वानुमान
आज देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगलादेश तथा भारतको आसाम क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले गर्दा पहाडी क्षेत्रका केही स्थानमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

दिउँसोको मौसम
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

रातिको मौसम
राति पनि देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भाइटीका मनाउन उपयुक्त समय
धार्मिक परम्पराअनुसार टीका लगाउनका लागि आज बिहान ११:३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको छ। यसवर्ष टीका लगाउने क्रममा दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्कनुपर्ने धार्मिक मान्यता रहेको छ।

तिहारको यो विशेष दिनमा पर्व र मौसमको मिलनले उल्लास थप्ने विश्वास गरिएको छ। मौसम पूर्वानुमान अनुसार सचेत रहँदै भाइटीका पर्व उल्लासका साथ मनाउन सकिन्छ।

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस