२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

हङकङ सिक्सेस क्रिकेट : पाकिस्तानलाई हराउँदै श्रीलङ्काले जित्यो उपाधि

काठमाडौं । हङकङ सिक्सेस क्रिकेटको उपाधि श्रीलङ्काले जितेको छ। आज सम्पन्न फाइनलमा श्रीलङ्काले पाकिस्तानलाई तीन विकेटले हराउँदै उपाधि हात पारेको हो।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तान पाँच ओभर दुई बलमा ७२ रन बनाएर अलआउट भएको थियो। ७३ रनको लक्ष्य पछ्याउँदै श्रीलङ्काले पाँच ओभरमा मात्र तीन विकेटको क्षतिमा जीत हासिल गर्‍यो।

प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलियालाई र श्रीलङ्काले बङ्गलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए।

नेपालको प्रदर्शनको कुरा गर्दा, नेपाल क्वाटरफाइनलमा श्रीलङ्कासँग र प्लेट सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो। यद्यपि, नेपालले समूह चरणमा इङ्गल्याण्ड र अष्ट्रेलियालाई हराउँदै समूह विजेता बन्न सफल भएको थियो।

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस