२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकका केही दुर्गम क्षेत्रको हवाई उडान प्रभावित भएको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यतर्फ बाक्लो कुहिरोका कारण उडान हुन नसकेको हो। दुर्गम क्षेत्रका केही गन्तव्यमा हवाई उडान अवरुद्ध भए पनि सुगम क्षेत्रका विमानस्थलमा नियमित उडान सञ्चालन भइरहेको छ।

काठमाडौं विमानस्थलमा इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) अन्तर्गत उडान भइरहे पनि मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) अन्तर्गतका उडान ठप्प छन्। उडान अवरुद्ध हुँदा धेरै पर्यटक गन्तव्यतर्फ प्रस्थान गर्न नसकी विमानस्थलमै रोकिएका छन्।

हाल पश्चिमी वायु, स्थानीय वायु, र भारतको पश्चिम बंगालमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बादल छाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस