२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

अर्घाखाँची बस दुर्घटना: २ मृतक, १८ घाइते

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र घाइतेको सङ्ख्या १८ पुगेको छ। वडा नं ५ र ६ को सिमानामा साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा बसको ब्रेक फेल हुँदा दुर्घटना भएको हो।

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भयो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस