२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रधामन्त्री ओलीलाई ज्वरो आयो, बालुवाटारमै आराम गर्दै

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए । ‘उहाँलाई ज्वरो आएको छ,’ उनले भने,‘ उहाँको रगत परीक्षणका लागि पठाइएको छ ।’

प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । अस्वस्थताका कारण उनले आज अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस