२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ : मानव तस्करी र कागजपत्र किर्ते आरोप

अधिकारीलाई पक्राउ गरेपछि दिउँसो १ः५० को उडानबाट काठमाडौं पठाइएको छ।

काठमाडौं । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी र कागजपत्र किर्ते आरोपमा विराटनगरस्थित निवासबाट पक्राउ गरिएको छ। उनीमाथि मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गर्न खोजेको आरोप लागेको छ। आइतबार अदालतको अनुमति लिएर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

अधिकारीलाई पक्राउ गरेपछि दिउँसो १ः५० को उडानबाट काठमाडौं पठाइएको छ। सरकारी कागजपत्र किर्ते गरेको आरोपमा अधिकारीसँगै जापान पुगेर फर्किएका तीन जना र नक्कली कागजपत्र बनाउन सहयोग गरेको आरोपमा थप तीन जनालाई पनि पक्राउ गरिएको छ।

यसअघि, नेकपा (एमाले) कोशी प्रदेश समितिले अधिकारीलाई पार्टी सदस्यबाट निलम्बन गरेको थियो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई तत्काल पदबाट राजीनामा गर्न निर्देशन दिएका थिए। अधिकारीले भने आफूलाई फसाइएको दाबी गरेका छन् र अनुसन्धानमा सघाउने बताएका छन्।

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस