२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै

काठमाडौं । राष्ट्रिय कर दिवस, २०८१ को पूर्वसन्ध्याको अवसरमा आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले २०८१ कार्तिक २८ गते बुधबारका दिन बिहान ११: ०० बजे देखि दिउँसो ३:०० बजेसम्म उक्त कार्यालयको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । उपत्यका लगायत विभिन्न जिल्लामा डेंगु संक्रमितहरुको संख्या बढ्दै जाँदा स्वास्थ्य संस्थाहरुमा रगतको उच्च माग भईरहेको अवस्थालाई ध्यानमा राखि राष्ट्रिय कर दिवसको पूर्व सन्ध्या पारेर उक्त कार्यक्रम गर्न लागिएको कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताउनुभयो।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं, अधिकृत समाज काठमाण्डौं र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा काठमाडौं सँग समन्वय एवं सहकार्य गरिएको प्रमुखले बताउनुभयो। बृहत रक्तदान कार्यक्रममा करिब १०० भन्दा बढी रक्तदाताको सहभागि रहने लक्ष्यसाथ संचालन गरिने उक्त कार्यक्रममा अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, उपत्यकास्थित आन्तरिक राजस्व कार्यालयहरु, काठमाडौं महानगरपालिकाका वडा नं १० र ३१ को कार्यालय तथा अन्य सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारिहरु, रोटरी क्लब अफ वानेश्वर, लायन्स क्लब मिनभवनमा आबद्दित सदस्यहरुलाई रक्तदाताको रुपमा सहभागिताका लागि अनुरोध गरिएको छ ।

यस्तै, प्रमुख कर अधिकृतले अन्य ईच्छुक महानुभावहरुलाई समेत यस मानवीय सेवा लक्षित कार्यक्रममा सहभागि भई योगदान पुर्याउनुहुन आव्हान गर्नुभयो ।

 

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस