२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

रविलाई बयानका लागि आज रुपन्देही लगिँदै

२७ कार्तिक , काठमाण्डौँ । सहकारीको रकम अपचलनको मुद्दाको बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार रूपन्देही ल्याइँदै छ । सरकारीको रकम दुरुपयोगको आरोपमा अनुसन्धानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासत छन् ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा जारी रहेको अनुसन्धानका लागि बयान लिन रविलाई आज भैरहवा ल्याउन लागिएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी रञ्जित सिंह राठौरले जानकारी दिए । रुपन्देही प्रहरीले यसअघि गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवम् पूर्वडिआईजी छविलाल जोशीसँग भैरहवामा बयान लिएर पोखरा पठाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस