२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

सुनको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

Today Gold price in Nepal

७ मंसिर, काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो ।

यस्तै आज महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस