२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

प्रधानमन्त्रीको कुनै काम छैन, एसपीपी सम्झौता गर्ने, बीआरआई रोक्ने षड्यन्त्र भयो : बिप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्दैन भन्नेबाहेकको अरु कुनै काम नभएको टिप्पणी गरेका छन् । पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सरकारले जनताप्रति उत्तरदायी काम गर्न नसकेको बताए ।

उनले भने, ‘हिजो प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ दिनदिनै यो सरकार ढल्दैन भन्नुहुन्थ्यो । अहिले केपीजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँ पनि अहिले यो सरकार ढल्दैन भनेर भनिराख्नुभएको छ । उहाँको काम नै त्यहीमात्रै छ । जनतालाई लागेको छ, यो राति १२ बजे ढल्नसक्छ । बिहानै उछिटिनसक्छ अथवा देशमा भ्रष्टाचारीहरुले कब्जा गर्नसक्छन्, यो लागिरहेको छ ।’

उनले अहिले एमसीसीपछि एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको बताए । महासचिव विप्लवले भने, ‘एसपीपी सम्झौता गर्ने षड्यन्त्र गर्ने अनि चीनले अघि सारेको बीआरआई परियोजना चाहिँ ल्याउन दिनुहुँदैन भन्ने, जसरी पनि रोक्नुपर्छ, ऋणको पासो हो भनेर भ्रम छर्ने, अनि विदेशी सेना ल्याउने सम्झौता चाहिँ जसरी पनि पास गर्ने खेल चलिरहेको छ ।’

उनले सरकार बनाउने र ढलाउने विदेशी भन्ने नेताहरुले जनतालाई धोखा दिइरहेको बताए ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस