२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

१० मंसिर, काठमाण्डौँ । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ ।

आयोगले मतदान स्थलको रूपमा कायम भएका ठाउँ उपलब्ध गराइदिन पनि आग्रह गरेको छ । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थललाई चुनावी प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपचुनाव हुने सबै पालिकाहरुसँग आग्रह गरेको हो ।

आयोगको हिजो बसेको बैठकले पालिका उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा पालिकामा मतदानस्थल उपयोग गर्न र सार्वजनिक बिदा दिनसमेत भनेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस