२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रधानमन्त्री ओलीले आज एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्ने

१० मंसिर , काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलको ट्रफी सार्वजनिक सोमबार हुँदैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार सोमबार बिहान प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो ।

क्यानका अनुसार सोमबार बिहान ८:३० बजे सिद्धार्थ बैंक एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो । ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस