२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

प्रियंका गान्धीले खाइन् लोकसभा सदस्यको शपथ

काठमाडौं । भारतीय सांसद प्रियंका गान्धीले बिहीबार लोकसभा सदस्यको शपथ खाएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहान करिब ११ बजे सदन पुगेकी गान्धीले हातमा संविधानको रातो रङको प्रतिलिपि लिएर सांसदको शपथ खाएकी हुन्।

हालै भएको लोकसभा उपचुनावमा उनी केरलाको वायनाड सिटमा विजयी भएकी हुन्। प्रियंका गान्धीले पहिलोपटक चुनाव लडेकी थिइन्।

भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी यस वर्ष भएको लोकसभा चुनावमा रायबरेली र वायनाड दुवै ठाउँमा विजयी भएका थिए। त्यसपछि उनले एउटा सिट वायनाड छाडेका थिए। त्यसैमा प्रियंका उपचुनाव लडेकी हुन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस