२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

एनपीएलको आधिकारिक स्मार्टफोन साझेदारको रूपमा सहकार्य गर्ने ‘भिभो’ को घोषणा

काठमाडौं । अग्रणी प्रविधि ब्रान्ड भिभोले नेपाल क्रिकेट सङ्घ (क्यान)सँग नेपाल प्रिमियम लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदारको रूपमा सहकार्य गर्ने घोषणा गरेको छ।

“हिमालयको महोत्सव” को रूपमा चिनिने यो प्रतियोगिता (भोलि) मङ्सिर १५ देखि पुस १ सम्म आयोजना हुँदैछ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा यो साझेदारीको औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल लिउ, क्यानका सचिव पारस खड्का लगायत दुवै संस्थाका उच्च पदस्थ अधिकारीहरू, राष्ट्रिय वितरकहरू तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

यो साझेदारीले भिभोको खेलकुद क्षेत्रप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ। आईपीएल र युईएफए युरो कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत साझेदार रहिसकेको भिभोले अब नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

प्रतियोगिताको अवधिभर भिभोले विभिन्न डिजिटल तथा भौतिक गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ । यसमा अन्तरक्रियात्मक प्रतियोगिता, प्रविधि प्रदर्शनी तथा दर्शकमैत्री कार्यक्रमहरू समावेश छन् ।

एनपीएलका नियमित अपडेट, विशेष सामग्री तथा प्रतियोगिताहरूका लागि भिभो नेपालका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू फलो गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस