२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

साताको पहिलो दिन ९.९९ अंकले घट्यो, कारोवार रकम कति ?

१६ मंसिर, काठमाडौँ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घटेको छ । आज परिसूचक नौ दशमलव ९९ अंकले घटेर दुई हजार सात सय ३८ दशमलव ०६ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ । व्यापार समूह नौ दशमलव शून्य सात, विकास बैंक समूह चार दशमलव ५२ र होटल तथा पर्यटन समूह शून्य दशमलव ३० प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी वित्त समूह दुई दशमलव ९६ प्रतिशतले घटेको छ ।

बैंकिङ एक दशमलव ४७, जलविद्युत् एक दशमलव १४, लगानी एक दशमलव १५, जीवन बिमा एक दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, लघुवित्त शून्य दशमलव ९२, म्युचुअल फण्ड शून्य दशमलव २३, निर्जीवन बिमा शून्य दशमलव शून्य एक र अन्य समूह एक दशमलव ३५ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस