२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

स्थानीय तह उपनिर्वाचनमा कति खस्यो मत ?

१६ मंसिर , काठमाडौँ । स्थानीय तह उपनिर्वाचन जारी छ । आइतबार दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता एवं सह(सचिव निता अर्याल पोखरेलले जानकारी दिएकी छन् । उत्साहपूर्वक मतदान भइरहेको छ ।

स्थानीय तहमा रिक्त ४२ पदका लागि आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुका ५ बजेसम्म मतदान हुनेछ । आयोगका अनुसार वडाध्यक्षको मतपरिणामको अन्तिम नतिजा सम्भत आजै राति सार्वजनिक हुनेछ । आयोगका अनुसार सबैको चाँसो रहेको काठमाडौंस्थित कीर्तिपुरको मतपरिणामको नतिजा आउन सोमबार साँझसम्म कुर्नुपर्नेछ ।

नगरपालिका प्रमुख एक,उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । आयोगले मतपरिणामको नतिजा आयोगको वेवसाइटमा हेर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस