काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले पहिलो जित हात पारेको छ।
१३१ रनको लक्ष्य पाएको कर्णालीले ४ विकेट गुमाउँदै भेट्टाएको हो। कर्णालीका लागि शिखर धवन ४५, देव खनाल २५, चाडविक वाल्टन ३० रन र अर्जुन घर्तीले ११ रन योगदान दिए भने जिसन मक्सुदले १२ रनमा अविजित रहे।
चितवनका लागि कप्तान मल्ल, जन निकल लफ्टी र रवि बोपराले एक एक विकेट लिए। टस हारेर ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपराले ५९ रनमा अविजित रहे भने शरद भेषवाकर ३ बलमा ६ मा अविजित रहे।
प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार

