२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

उपत्यकाको खानेपानी सुधारका लागि १७० मिलियन डलर ऋण स्वीकृत, यस्ता छन् मन्त्रीपरिषद्का १४ निर्णय

काठमाडौँ। सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले ढुंगानाको नियुक्तिको जानकारी दिएका हुन्।

सोही मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान तथा जापान सरकारबाट उपलब्ध हुने ३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

यस परियोजनाले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापनमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ। अनुदान र ऋणमार्फत प्राप्त हुने सहयोगले नयाँ संरचना निर्माण, वितरण प्रणालीको स्तरोन्नति र प्रविधिको प्रयोगमा योगदान पुर्‍याउने सरकारको दाबी छ।

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस