२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

‘आगामी निर्वाचनमा कांग्रेस र एमाले एक्ला एक्लै चुनाव लड्छ’ : शेखर कोइराला

१४ पौष, काठमाण्डौँ । आगामी निर्वाचनमा नेपाली कांग्रेस तीनै तहमा एक्लै चुनाव लड्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । उनले तीनै तहमा चुनाव एक्लै लडेर जित्ने रहेको धारणा राखेका छन् ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एक अर्कासँग प्रतिस्पर्धा गर्ने बताए ।
सरकारले विलम्ब नगरी संविधानमा रहेका त्रुटि परिवर्तन गर्न अन्य दलसँग मिलेर अगाडि बढ्नुपर्ने समय आएको नेता कोइरालाको भनाइ थियो । पार्टीको महाधिवेशन समयमै गर्न पनि उनले जोड दिएका छन् ।

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस