२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राख्यो : वर्षमान पुन

१५ पुस, प्युठान । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन ‘अनन्त’ले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका छन् । सोमबार प्युठानको जुम्रीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्‍याउने काम गरेकोप्रति उनले आपत्ति जनाए ।

‘रवि लामिछानेमाथि छानविन गर्ने कुरामा हाम्रो भन्नु केही छैन,’ उनले भने, ‘प्रक्रिया नपुर्‍याइ मध्यरातमा उठाएर हिंडाउने कुरा नागरिक अधिकार विपरितको कुरा हो । राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरेको उनले बताए । ‘हामीले न्यायिक प्रक्रिया रोक्न खोजका होइनौं, यो प्रक्रिया गलत छ,’ उनले भने ।’

पूर्व अर्थमन्त्री समेत रहेका पुृनले कालो धनलाई सेतो बनाउन सहकारी दुरुपयोग भएको भन्दै बचत तथा ऋण सहकारीहरू नियमन गर्ने अधिकार सम्मन्न निकाय गठन हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस